नेपाल नगरपालिका संघको आयोजना तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आर्थिक सहयोगमा गरिएको प्रदेशस्तरिय विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यन्वयनका लागि सहजीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम मिती २०८३/०१/१५ गते कोशी प्रदेशको भेडेटारमा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघका अध्यक्ष श्री भिम प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा १४ नगरपालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख/ उपप्रमुख, वडाध्यक्ष, नगर शिक्षा समिति सदस्य, धनकुटा शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघका प्रतिनिधिहरु गरी ४२ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमा शिक्षा तथा सामाजिक विकास निर्देशनालय प्रदेश सरकारका निर्देशक र बिषय बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सो उपर सहभागिहरु बीच छलफल भै राय सुझाव प्राप्त भएको थियो ।